काठमाडौं । नेपालको अन्तरिम सरकारकी नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की हालै भएको ‘जेनजी’ आन्दोलनका क्रममा घाइते भएकाहरूको स्वास्थ्य अवस्था बुझ्न शनिवार राष्ट्रिय ट्रमा सेन्टर पुगेकी छन् ।
अस्पताल पुगेर उनले घाइतेहरूको उपचारको बारेमा जानकारी लिनुका साथै उनीहरूको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेकी हुन् । जेनजी आन्दोलनका क्रममा भएको हिंसा र झडपमा परी सयौँ प्रदर्शनकारी घाइते भएका थिए ।
